पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि हुने पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुल्ला भएको हो । यसअघि यो रुटमा हवाई सेवा सञ्चालन गर्ने तय भएको थियो ।
प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।
दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। त्यसैगरि पोखराबाट दुबई जाँदा भने यात्रुले ५७ हजार ४ सय ४४ रुपैयाँ भाडा तिर्नुपर्नेछ। ‘यो सुरुवाती चरणको हवाई भाडा हो। यसलाई प्रवद्र्धनात्मक उडानको रुपमा प्रयोग गरेर भाडादर घटाउने प्रयासमा छौं,’ पोखरा पर्यटन परिषद् ९पिटिसी०का पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यावसायी पोमनारायण श्रेष्ठले भने, ‘प्रवर्द्धनात्मक भाडालाई कम गर्न सकेमा यो उडानले यात्रुलाई आकर्षित गर्न सक्नेछ।’
फ्लाई दुबईले पनि यूएइबाट नेपालसम्मको लागि पहिलो व्यावसायिक उडान गर्न थालेको भनेको छ। पर्यटकीय सहरसम्मको पहुँच बिस्तार गर्न थालेको एयरलाइन्सले बताएको छ।
पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिए। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
‘प्रारम्भिक चरणमा एकमहिनाका लागि उडान अनुमति लिएको छ । हरेक दिन पोखरा–दुबई रुटमा उडान गर्नेछ,’ भूलले भने, ‘पोखरालाई सिधै मध्यपूर्वको आकाशमा जोड्ने गरि हुने यो उडानले पर्यटन क्षेत्रमा विशेष अर्थ राख्नेछ ।’ उनका अनुसार हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान भर्नेछ । पोखरा– दुबइको यो उडानको समय करिब ५ घण्टा रहनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







