तीज मनाउन दिदी बहिनी समुहले छुट्याएको रकम, बाढी प्रभावितलाई सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित




बुद्ध विशालबजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरुको दिदीबहिनी समूहले तीज पर्वका लागि छुट्याएको रकम रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई सहयोग गरेका छन् ।

दिदीबहिनी समूहले देश नै शोकमा परेको अवस्थालाई मध्यनजर गरी यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको र५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा पर्व मनाउने खर्चलाई आपत–विपदमा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरिएको ए एन मोनालिसा सपिङ सेन्टरका संचालिका इन्द्रमाया गुरुङले बताइन् ।

दिदीबहिनी समुहले गरेको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ । समूहले बाढी प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गर्दै विपद्को यस घडीमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेको छ ।।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।