पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०८३ मा प्रकाशित




पोखरा, १५ भदौं । रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
गण्डकी प्रदेशमा बजार उपस्थिति विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको शोरुमको सोमबार एक कार्यक्रमबीच अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले उद्घाटन गरे।
पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभले सञ्चालनमा ल्याएको शोरुमबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकले रोयल इन्फिल्डका मोटरसाइकल अवलोकन गर्नुका साथै तिनका विशेषता र डिजाइनबारे जानकारी लिन सक्नेछन्।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि हो। नयाँ शोरुमको नेतृत्व अटो व्यवसायी शिशिर सुबेदी र प्रमेश पराजुलीले गरेका छन्। उनीहरू पोखराको अटोमोबाइल व्यवसायमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय छन्। पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत उनीहरूको स्थापित व्यावसायिक पहिचान छ।
लामो व्यावसायिक अनुभव र स्थानीय बजारको बुझाइका कारण नयाँ शोरुमले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
१ हजार ३ सय वर्गफिट क्षेत्रफलमा फैलिएको शोरुमलाई ग्राहकलाई प्रिमियम र सहज अनुभव दिने गरी डिजाइन गरिएको छ। शोरुमसँगै ३ हजार ५ सय वर्गफिट क्षेत्रफलमा सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको छ।
सेवा केन्द्रबाट रोयल इन्फिल्डका ग्राहकलाई नियमित मर्मतसम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने जनाइएको छ।
शोरुम उद्घाटन समारोह आठ जना बटुकद्वारा गरिएको शान्ति स्वस्ति पाठबाट सुरु भएको थियो। त्यसपछि शोरुम परिसरमा पवित्र जल छर्केर धार्मिक विधिबाट शोरुमको शुभारम्भ गरिएको थियो।
देशमा शान्ति, स्थायित्व, समृद्धि र सकारात्मक वातावरण कायम रहोस् भन्ने कामनासहित प्रार्थना गरिएको थियो।
गोर्खा एडिसन सार्वजनिक
उद्घाटन समारोहमा रोयल इन्फिल्डको गोर्खा एडिसन मोटरसाइकलसमेत सार्वजनिक गरिएको छ। अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गोर्खा एडिसनको अनावरण गरे।
गोर्खा एडिसनले गोर्खा योद्धाहरूको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्ने अवधारणा बोकेको छ। नेपालमा यो संस्करणको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँबजारस्थित शोरुमले पोखरा तथा आसपासका क्षेत्रका ग्राहक र राइडरलाई रोयल इन्फिल्डको मोटरसाइकलिङ संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।
ग्राहक अनुभव, बिक्रीपछिको सेवा र ‘पियोर मोटरसाइकलिङ’को भावनालाई केन्द्रमा राखेर शोरुम सञ्चालन गरिने जनाइएको छ।
रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वकै पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो। विशिष्ट डिजाइन र कालजयी पहिचानका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।