भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन सुरु गरेको छ।
सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताएकी छन्। सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकेको छ भने त्यसपछि राहत संकलन अभियान थालेको हो । जसको संयोजन सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गरेका छन् । उनले शोकको घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आ्रह गरेका छन ।
कार्यक्रम अन्तर्गत जिन्सी, खाद्यान्न, लत्ताकपडासहितका स्यानिटरी तथा सरसफाई सामग्री संकलन गरिनेछ । संस्थाले पोखरा–२९, भण्डारढिक स्थित लेखनाथ उद्योग वाणिज्य सङ्घको सचिवालयमा सामग्री संकलन गरिरहेको जनाएको छ । सङ्घका अनुसार संकलित प्रत्येक सामग्री तथा रकमको अभिलेख राखी सार्वजनिक गरिने र नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पारदर्शी ढङ्गले सम्बन्धित पीडितसम्म पुर्याइनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पद्म नर्सिङ्ग होम प्रा.लि,नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार…








