बाढी प्रभावितको लागि पद्म नर्सिङ्ग होमको १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित




पद्म नर्सिङ्ग होम प्रा.लि,नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रा.लिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हो । नर्सिङ्ग होमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक नबिल बैक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेका जनाएको छ । प्रा.लि. का अध्यक्ष यादब गौतमले प्राकृतिक बिपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको बताए । विपद्‌को यस दुःखद घडीमा पीडित परिवारहरूको दुःखमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनु सामाजिक दायित्व भएको महसुस गर्दै उक्त रकम सम्बन्धित राहत कोषमा जम्मा गरिएको उहाँको भनाई छ ।

संस्थाका प्रबन्ध निर्देशन नरेन्द्र बास्तोलाले यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वासका साथ पद्म नर्सिङ होम प्रा। लि। को तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिदै, आफ्नो संस्था सदैव सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।