पोखराको लामाचौरस्थित अकलामा रहेको महिला समाज कल्याण आमा समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि समुहले कोषमा ४५ हजार ५ रुपैयाँ जम्मा गरेको हो । प्रत्येक बर्ष तीज विशेष कार्यक्रम गर्दै आएको सो समुहले कार्यक्रम नै स्थगीत गरी,बाढी पिडितको सहयोगार्थ रकम हस्तान्तरण गरेको अध्यक्ष वीना खनाल गौतमले जानकारी दिईन् । देशमा आएको महाविपत्तीले सम्पुर्ण नागरिक शोकाकुल भएको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नहुने उनको भनाई छ । समुहले विपद्मा परेका नागरिकको सहयोगका लागि अपिल पनि गरेको छ । त्यसो त देश विपत्तीमा परेको भन्दै पोखरा महानगरपालिका वडा नं. १६ र १९ ले वडाभित्र मनोरञ्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ ।
वडाको निर्णय लगत्तै त्यस क्षेत्रमा आयोजना गर्ने तयारी भएका लामाचौर तीज महोत्सव, श्रीकृष्ण राष्ट्रिय भजन प्रतियोगिता, ऐतिहासिक बाटुलेचौर तीज मेला र स्थानीय रुपमा बिभिन्न समुहले आयोजना गर्ने मनोरञ्जनपुर्ण कार्यक्रम स्थगीत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, भदौ १८ भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएका पोखराका दुई जना सम्पर्कमा…








