पोखरा १८ मा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ७ करोड बढी निक्षेप संकलन गरेको छ ।
सहकारीको सम्पन्न साधारण सभाका अवसरमा दिईएको जानकारी अनुसार आ.व ०८२÷८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको हो । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको जनाईउको छ । यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष राम बहादुर थापाले सहकारीको आव २०८२÷०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा –१८का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सीनाले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताए । केही सहकारीहरुले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए ।
पुर्व वडा अध्यक्ष तथा सेयर सदस्य रण बहादुर थापाले सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै सामाजिक विकास र निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा संस्थाका सल्लाहकार तथा निबर्तमान अध्यक्ष कृष्ण बहादुर थापा, शेयर सदस्य तथा पत्रकार गणेश पहारी, ममता कृर्षि सामुदायिक सहकारी संस्था सराङकोटका अध्यक्ष तथा सराङकोट सहकारी समन्वय समितिका संयोजक मिन बहादुर थापालगायतले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्नेमा जोड दिए ।
सभाले अध्यक्ष राम बहादुर थापाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजु थापाले आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुली उपसमिति संयोजक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निर्मल पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ ।सो अवसरमा नियमित बचत, एेच्छिक बचत,नारी बचत, धनजमानी,धितो जमानी र बाल बचत गर्ने सेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
उत्कृष्ट जेष्ठ सेयर सदस्य कारोबारदाता दल बहादुर क्षेत्री र कृष्ण कुमारी थापा लाई पनि सो अवसरमा सम्मान गरिएको सहकारीका सचिब कृष्ण थापा जानकारी दिए । सहकारी अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पार्वती कोइराला राखिन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार…





