सन्देश श्रेष्ठ
पोखरा, भदौ २२
पोखरा उद्योग वाणिज्य संघले ईतिहासमै पहिलो महिला अध्यक्ष पाएको छ । संघको सोमबार साँझ सम्पन्न ३६ औं महाधिवेशनले निवर्तमान महासचिव शोभा गौतमलाई अध्यक्षमा निर्वाचित गर्दै संघको ७२ वर्षे ईतिहासमा पहिलो महिला अध्यक्ष बनाएको हो । गौतम अन्य ३ पुरुष प्रतिष्पर्धीलाई पन्छाउँदै अध्यक्षमा निर्वाचित भईन् । कुल २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ म्त प्राप्त गरिन् । पराजित अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे । अध्यक्षमा १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष दीनेशचन्द्र बास्तोला निर्वाचित भए । उनले प्रतिष्पर्धी टिकाराम सुवेदीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे । निर्वाचित बास्तोलाले १ हजार ४ सय ८१ म्त प्राप्त गर्दा पराजित सुवेदीले ७ सय ६० मत प्राप्त गरे ।

उपाध्यक्ष (उद्योग)मा सौगात थापा बिजयी भए । प्रतिष्पर्धी ललितबहादुर कुँवरलाई २ सय ९८ मतान्तरले पछाडि पार्दै थापा बिजयी भएका हुन् । बिजयी थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा कुवँरले ९ सय ७३ मत प्राप्त गरे ।
उपाध्यक्ष (वाणिज्य)तर्फ मनोजकुमार श्रेष्ठ निर्वाचित भए । उनी प्रतिष्पर्धी भीम गौतमलाई १ सय ४६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी श्रेष्ठले १ हजार ६५ मत प्राप्त गर्दा पराजित गौतमले ९ सय १९ मत प्राप्त गरे ।
संघको महासचिवमा सुदीप प्रधानाङ्ग बिजयी भए । उनी प्रतिष्पर्धी तारानाथा ढुंगानालाई १ सय ६० मतान्तरले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् । बिजयी प्रधानाङ्ले १ हजार २ सय २ मत प्राप्त गर्दा ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे ।
कोषध्यक्षमा देवेन्द्र प्रजुले जीवनप्रकाश श्रेष्ठ ६ सय ६४ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी प्रजुले १ हजार ४ सय ३९ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ७ सय ७५ मत प्राप्त गरे ।

उप–महासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । अन्य दुई प्रतिष्पर्धीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै राजभण्डारी बिजयी भएका हुन् । बिजयी राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गर्दा पराजित यादवप्रसाद पोखरेलले ६ सय ५८ मत र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे ।
खुल्ला १० सदस्यतर्फ दुर्गा बराल १ हजार ७ सय ४८, अमृत पोखरेल १ हजार ७ सय ३१, निर्मला चापागाईं १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ५२, दीलिपकुमार श्रेष्ठ १ हजार ४ सय ४७, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ र कमलबहादुर सुनार १ हजार ४ सय २४ मत ल्याएर बिजयी भए । १३ जनाबीच भएको प्रतिष्पर्धामा नवीन नापित १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारी १ हजार ३ सय ४३ र सूर्यराज घिमिरे १ हजार ३ सय ३ मत ल्याएर पराजित भए ।
यसअघि वस्तुगततर्फको चार सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






