नवजीवन महिला विकास संस्थाको तीजको दर खाने रकम रसुवा बाढी पीडितलाई


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित




नवजीवन महिला विकास संस्थाले तीजको दर खाने कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रु. ५० हजार रसुवाका बाढी पीडित परिवारका लागि सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

विपत्तिको कठिन समयमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले तीजको दर कार्यक्रम स्थगित गरी सो रकम बाढी पीडितका लागि सहयोग गरेको संस्थाले जनाएको छ।

नवजीवन महिला विकास संस्थाकी अध्यक्ष सीमा पोखरेलले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय जिम्मेवारी भएको बताए। संस्थाले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरेको उनले जानकारी दिइन्।

तीजको अवसरमा गरिने खर्चलाई पीडितको राहतका लागि उपयोग गर्न पाउँदा आफूहरूलाई पनि सन्तुष्टि मिलेको उनले बताइन्।

रसुवामा बाढीबाट प्रभावित परिवारको राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको संस्थाले जनाएको छ।

तीजको दर खाने कार्यक्रम स्थगित गरी सो रकम विपत्तिमा परेका नागरिकको राहतका लागि सहयोग गर्ने संस्थाको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।