मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।
सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनको शवलाई स्थानीय तथा ट्रेकिङ एजेन्सिसँगको समन्वयमा उद्धारको पहल थालिएको उनले जानकारी दिए ।
उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा नेपाली चलचित्र ‘बुकी फूल’को शुभमुर्हत गरिएको छ ।…






