पोखरामा कर्पोरेट पुरुष, बिद्यार्थी छात्र÷छात्रा, खुला÷महिला ÷पुरुष ५ किलोमिटर, आमा समुह र कर्पोरेट महिला समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार कर्पोरेट ÷महिला पुरुष, पोखरा १० का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड सम्पन्न भएको हो । मञ्चले नियमित रुपमा आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्दै आएको २१ औँ श्रृंखला अन्तरगर्त रहेर पोखरा रङगशालमा उक्त प्रतियोगिता आयोजना गरिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले जानकारी दिए। पोखरा रङगशालको फुटबल मैदानबाट शुरु भएको दौड पोखराका बिभिन्न ठाउँहरु परिक्रमा गरि सोहि ठाउँमा पुगेर समापन भएको हो ।कर्पोरेट पुरुष दौडतर्फ प्रतिभा माविका आइला साईले पहिलो स्थान हासिल गर्दा कान्तिपुर एकेडेमिका कुल चन्द्र अधिकारी दोस्रो र एनआइ एमबि बैंकका उमेश अधिकारी तेस्रो भए। कर्पोरेट महिला दौडमा माउन्ट अन्नपूर्ण माविका शिक्षक भीमकुमारी पुन पहिलो, एन आइ एमबि बैंककि सुजता मास्के दोस्रो, अल्फा एकेडेमिकि रेश्मा गुरुङ तेस्रो स्थानमा रहिन्। सो विधामा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतमले चौथो स्थान हासिल गरिन्।
वडा नम्बर १० स्तरीय आमा समूह दौडतर्फ आशा राना प्रथम, खिरना थापा द्वितीय र नारायणीदेवी पहाडी तृतीय भइन्। त्यसैगरी, खुला पुरुष दौडमा माउन्ट अन्नपूर्णका अमन तिलिजाले पहिलो, हुदा भने माउन्ट अन्नपूर्णकै क्र्रमस साजन तामाङले दोस्रो र टेनिस छन्त्यालले तेस्रो स्थान प्राप्त गरे। १६ वर्षमुनिको छात्रा दौडमा कालिका स्कुलकि शनिसा सापकोटा पहिलो, कालिका स्कुलकै मनिषा गिरी दोस्रो र क्रिटिना गुरुङ तेस्रो भए।१६ वर्षमुनिको छात्र दौडमा छोरेपाटन माविका सुवान विकले पहिलो, क्रमस कालिका स्कुलका प्रतीक मगरले दोस्रो र किसान सुनारले तेस्रो स्थान हासिल गरेको द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिनाले बताए । बिजेता धावकहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतम संघकै महासचिव सुदिप प्रधानाङ्ग, पोखरा १० का वडा सदश्य पूर्ण चन्द्र न्यौपाने, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष आशिष थापा,मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, लगाएतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गौतमले नियमित रूपमा आयोजना गरिने यस्ता दौड कार्यक्रमले नागरिकलाई शारीरिक रूपमा स्वस्थ र सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। स्वस्थ समाज निर्माणमा योगदान पु¥याएको भन्दै उनले आयोजकप्रति आभारसमेत व्यक्त गरिन्। मञ्चका अध्यक्ष गुरुङले प्रतिकूल मौसमका बाबजुद पनि दौडमा ठूलो संख्यामा धावकहरूको सहभागिता भएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, सहयोगी तथा सहभागी धावकहरूलाई धन्यवाद व्यक्त गरे । दौडमा बिभिन्न बिधामा गरेर ४ सय ५० भन्दा बढि धावकहरुको सहभागिता रहेको स्वयमसेवक संयोजक ओम गुरुङले बताए ।
सो कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, पोखरा महानगरपालिका वडा नं १० सहयोगि संस्थाको रुपमा रहेका थिए । यस अघि पोखरा, भदौ ६ गते वडा नं.११ मा २० औँ श्रृङखला अन्तगर्तको दौड प्रतियोगिता आयोजना भएको थियो । मञ्चले आयोजना गर्ने अर्को दौड प्रतियोगिता कार्तिक महिनाको पहिलो शनिवार हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ३। पोखरामा शनिबार भएको दौड प्रतियोगितामा कर्पोरेट पुरुषतर्फ प्रतिभा माविका…






