पोखरा, असोज ३। पोखरामा शनिबार भएको दौड प्रतियोगितामा कर्पोरेट पुरुषतर्फ प्रतिभा माविका आइला साई, कर्पोरेट महिलातर्फ माउन्ट अन्नपूर्ण माविकी भीमकुमारी पुन, आमा समूहमा आशा राना र खुला पुरुषतर्फ माउन्ट अन्नपूर्णका अमन तिलिजा पहिलो भएका छन्। १६ वर्षमुनिको छात्रातर्फ कालिका स्कुलकी शनिसा सापकोटा र छात्रतर्फ छोरेपाटन माविका सुवान विक पहिलो भए।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा रंगशालामा भएको २१औँ श्रृंखलाअन्तर्गत विभिन्न विधाको दौडमा ४ सय ५० भन्दा बढी धावक सहभागी भएको स्वयंसेवक संयोजक ओम गुरुङले बताए।
कर्पोरेट पुरुषतर्फ कान्तिपुर एकेडेमीका कुल चन्द्र अधिकारी दोस्रो र एनआइएमबि बैंकका उमेश अधिकारी तेस्रो भए। महिलातर्फ एनआइएमबि बैंककी सुजता मास्के दोस्रो र अल्फा एकेडेमिकी रेश्मा गुरुङ तेस्रो भइन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम चौथो भइन्।
पोखरा–१० स्तरीय आमा समूह दौडमा खिरना थापा दोस्रो र नारायणीदेवी पहाडी तेस्रो भए। खुला पुरुषतर्फ माउन्ट अन्नपूर्णकै क्रमस साजन तामाङ दोस्रो र टेनिस छन्त्याल तेस्रो भए।
१६ वर्षमुनिको छात्रातर्फ कालिका स्कुलकी मनिषा गिरी दोस्रो र क्रिटिना गुरुङ तेस्रो भए। छात्रतर्फ कालिका स्कुलका प्रतीक मगर दोस्रो र किसान सुनार तेस्रो भए।
पोखरा रंगशालाको फुटबल मैदानबाट सुरु भएको दौड पोखराका विभिन्न ठाउँ परिक्रमा गरी पुनः रंगशालामै पुगेर सकिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले बताए।
विजेता धावकलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, संघका महासचिव सुदिप प्रधानाङ्ग, पोखरा–१० का वडा सदस्य पूर्ण चन्द्र न्यौपाने, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष आशिष थापा, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ र निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरे।
मञ्चले प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको नियमित दौडअन्तर्गत प्रतियोगिता आयोजना गरेको हो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र पोखरा महानगरपालिका–१० प्रतियोगिताका सहयोगी संस्था रहेका थिए। अर्को दौड कात्तिक महिनाको पहिलो शनिबार आयोजना हुने मञ्चले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा…






