कांग्रेसको ३१ जिल्लामा आज वडा अधिवेशन हुँदै, पोखरा र अन्नपुर्णमा को को भए सभापति ?


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन भईरहेको छ ।

हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन भएको थियो।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भईरहेको हो । समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिकाअनुसार गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, रुकुम पूर्व र पश्चिम, रोल्पा, प्युठान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो ।

कास्कीमा पनि पाँचबटा स्थानीय तहका वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका ३३ वडा मध्ये अधिकांश वडामा हिजै नेतृत्व चयन भएको छ भने केही वडामा आज नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ । प्राप्त जानकारी अनुसार पोखरा महानगरपालिका वडा नं. १ मा रामजी पौडेल, वडा न. २ मा जगदिश्वर मल्ल, वडा नं.४ मा मनोज कोइराला, वडा नं. ५ मा प्रकाश कोइराला, वडा नं. ६ मा अनिल पहारी, वडा नं. ७ मा दामोदर बराल सभापतिमा चयन भएका छन यसैगरी वडा नं. ८ मा रामेश्वर अधिकारी, वडा नं. १० मा दिपक थापा, वडा नं. ११ मा बसन्तराज कोइराला, वडा नं. १४ मा बिरेन्द्र बानियाँलाई सभापति बनाइएको छ। यसैगरी, पोखरा महानगरपालिका १५ मा राजेन्द्र पराजुली, वडा नं. १६ मा होमबहादुर बानियाँ, वडा नं. १८ मा नारायण खड्का, वडा नं १९ मा विष्णुप्रसाद बाँस्तोला प्रकाश, वडा नं. २२ मा खुसिराम बराल, वडा नं. २३ मा रबिन्द्र गुरुङ, वडा नं. २६ मा शिबबहादुर रानाभाट, वडा नं. २७ मा नारायणमणी लामिछाने, वडा नं. २८ मा कृष्ण तिमिल्सिना, वडा नं. २९ मा चिनबहादुर गुरुङ, वडा नं. ३० मा डमरुबल्लभ चापागाईं, वडा नं. ३१ मा बिरभद्र कंडेल र वडा नं. ३२ मा किसान परियार वडा सभापतिमा चयन भएका छन् ।

वडा नं. ३३ मा भने सभापति पदमा मतदान नै भएको थियो । सभापतिको प्रतिष्पर्धामा उत्रिएका प्रकाश कार्कीले २५० मत पाएर निर्बाचित हुँदा सोहि वडाका वडाध्यक्ष समेत रहेका रामचन्द्र अधिकारीले १६१ मत मात्र प्राप्त गरेका थिए। पोखरा महानगरपालिका अन्तर्गत वडा न ३, वडा न १७ र वडा नं.२४ लगायत केहि वडामा आज मतदान हुँदै छ ।त्यस्तै अन्नपुर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाका वडाहरुको नतिजा पनि आउने क्रम जारी रहेको छ । अन्नपूर्ण गाउँपालिकाका ११ वडामध्ये १० वटा वडामा नयाँ कार्यसमिति चयन गरिएको कांग्रेस नेता राजबहादुर गुरुङले जानकारी दिए। गाउँपालिकाका वडा नम्बर ४ बाहेकका वडामा नेतृत्व चयन भएको हो। गुरुङका अनुसार वडा नं. १ मा नरपति दाहाल, वडा नं. २ मा खगराज अधिकारी, वडा नं. ३ मा प्रकाश गुरुङ, वडा नं. ५ मा सहबहादुर बिक, वडा नं. ६ मा सालिकराम देवकोटा, वडा नं. ७ मा गौप्रसाद गुरुङ, वडा नं. ८ मा लक्ष्मी देवकोटा पौडेल, वडा नं. ९ मा गन पुन, वडा नं. १० मा गौतम गुरुङ र वडा नं. ११ मा हितमान गुरुङलाई सभापति चयन गरिएको छ। बिभिन्न वडामा भएको अधिबेशनका क्रममा यस अगाडी सम्पन्न १४ औं महाधिबेशनमा जस्तो कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता नरहेको बताईएको छ ।

यसैबिच नेपाली कांग्रेस क्षेत्र नं. २ ख को सभापतिमा सुवर्ण केसीले उमेद्वारी दिने घोषणा गरेका छन् । वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधी चुनिएका केसीले सबैलाई न्याय, सबैलाई सम्मान,किसुनजी पथ हाम्रो अभियान भन्दै उमेद्वारी घोषणा गरेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाण्डौमा हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।