भूमे मैदानले गर्यो, शुभकामना आदानप्रदान


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित




पोखरा –१९, घार्मीस्थित श्री भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालीजनका चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले संस्थाको समग्र प्रगति र विकासका लागि सबै सदस्य एकमत भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै, सबैलाई सहकार्यका साथ संस्थाको उन्नतिमा लाग्न अनुरोध गरे । उपाध्यक्ष डिल्लीराम पौडेलले संस्थालाई यस क्षेत्रकै गौरव गर्न लायक बनाउनु पर्नेमा जोड दिदैं सबैले माया, सम्मान र अपनत्वका साथ अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

समूहका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल,सदस्य पार्वती पौडेल, राजकुमार पौडेललगायतले संस्थाको कार्यशैली, सामाजिक सहकार्य र सामुदायिक गतिविधिको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । सचिव रामप्रसाद पौडेलको संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष सुनिता अधिकारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । सो अवसरमा सहभागी सदस्यहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।