शिशिर उजाड
पोखरा
यस बर्षको तिहारको लक्ष्मी पूजाको दिन पोखरामा करिब ५५ मेगावाट विद्युत खपत भएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार आइतबार केन्द्र मातहतमा रहेका सबस्टेशनका बिभिन्न फिडरमा गरी ५४ दशमलव ८ मेगावाट विद्युत खपत भएको केन्द्रका ग्रामीण शाखा प्रमुख शोभाकर पौडेलले जानकारी दिए। कुँडहर सबस्टेशनबाट सञ्चालित सत्र वटा फिडरमा ४४ दशमलव ८,लाहाचोक सबस्टेशसनबाट सञ्चालित चारवटा फिडरमा ५.७४ र हेम्जा सबस्टेसनबाट सञ्चालित चारवटा फिडरमा ४.३१ मेगावाट गरी ५४.८ मेगावाटको अधिकतम खपत रहेको उनले बताए। अघिल्लो वर्ष ५६ मेगावाट खपत भएकोमा यो वर्ष त्यो संख्या घटेको हो ।
अन्य समयको खपतको तुलनामा अधिकतम रहने आंकलन गरिए पनि अघिल्लो वर्षभरिको अधिकतम खपतको तुलनामा कमै रहेको पौडेलले बताए। केन्द्रले पोखरामा विद्युत सेवालाई अवरुद्ध हुन नदिन करिब एक महिनाअघिदेखि लाइन सुधार गरी चुस्त र दुरुस्त पारेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए। केन्द्रले लक्ष्मी पूजाको दिन साँझ ५ बजेदेखि राती ९ बजेसम्म विभिन्न चोकमा विद्युत प्रवाहमा आउन सक्ने समस्यालाई ध्यानमा राखी प्राविधिक टोलीलाई स्ट्यान्डबाई राखेको थियो । केन्द्र प्रमुख इन्जिनियर लगायतको टोलीले उक्त टोलीलाई अनुगमन गरेको यादवले जानकारी दिए।
उक्त समयमा कुनै पनि ठाउँमा लाइन अवरुद्ध नभएको र उपभोक्ताबाट कुनै किसिमको गुनासो नआएको केन्द्रले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले पोखराको सिमलचौरबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।…







