पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलाई कोरोना संक्रमण भएको छ । संघका अध्यक्ष अधिकारीले आफूलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । अध्यक्ष अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका उनको आज पोजिटिभ रिपोर्ट आएको हो ।
अधिकारीसँगै परिवारका अन्य ६ जनामापनि संक्रमण पुष्टी भएको जनाइएको छ । अध्यक्ष अधिकारीले आफू, आफ्नो छोरी, धर्मदाईको २ छोरी, ब्यबसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए । बुबाको भने पुनः जाँचका लागि स्वाब दिइएको उनले बताए ।
अधिकारीले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको जानकारी दिए । उनले सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै सतर्क भएर व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







