फाइल फोटो
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जलविद्युत् योजनाका नाममा झोलामा खोला राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन्।
कास्कीको माछापुच्छे« गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘जलविद्युत आयोजनाका नाममा झोलामा खोला राख्ने परिपार्टीको अन्त्य हुनुपर्छ ।’
उनले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युतसम्बन्धी कानुन बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको धारण थियो ।
मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन समेत दिए ।
कुल २५ मेगावाटको उक्त आयोजना गत वैशाख २३ गतेदेखि सुरु गरिएकोमा सुरु भएको २७ महिनाभित्र कार्य सक्नुपर्ने प्रावधान छ। आयोजनाको कुल लागत ५ अर्ब छ। हालसम्म ११ प्रतिशत कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







