बायर्न म्युनिखका डेभिस सर्वाधिक मूल्यवान युवा फुटबलर


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




जर्मन क्लब बायर्न म्युनिखका लेफ्ट ब्याक अल्फान्सो डेभिस सर्वाधिक मूल्यवान युवा फुटबलर बनेका छन्।

फुटबल अब्जरभेटरी संस्था सीआइइएसले निकालेको तथ्यांकअनुसार डेभिस सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान फुटबल खेलाडी बनेका हुन्।

क्यानेडियन डेभिसको मूल्य १८०.४ मिलियन युरो रहेको छ।

बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चोलाई पछि पार्दै डेभिस मूल्यवान युवा खेलाडी बनेका हुन्। इंङ्याण्डका फरवार्ड सान्चोको मूल्य १२५.६ मिलियन युरो रहेको छ।

बार्सिलोनाका अन्सु फाती १२२.७ मिलियन युरो मूल्यसहित तेस्रो स्थानमा रहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।