इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अधिकारी


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेकोे इन्द्रेणी बचत तथा ऋण सहकारीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा पाँचौं अधिबेशनले पुनः सागर अधिकारीको अध्यक्षतामा संचालक समिति सर्वसम्मत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा विन्दु कार्की, सचिवमा डिल्लीराम शर्मा, सहसचिवमा मेघनाथ पौडेल, कोषाध्यक्षमा धर्मराज बराल, सदस्यमा पृथ्वीनारायण पौडेल, दिपकराज वराल, सरस्वती केसी कार्की, बुद्धिप्रसाद भण्डारी, श्रीराम पोखरेल चयन भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा महदत्त भट्टराई र सदस्यहरुमा विष्णु कुमारी गुरुङ र केदारनाथ वास्तोला, शिक्षा उपसमितिको सदस्यमा ओमप्रकाश सिग्देल र भोजराज भण्डारी, समाज कल्याण उपसमितिको संयोजकमा गंगाप्रसाद अधिकारी र सदस्यमा वासुदेव सिग्देल, निक्षेप संकलन उपसमितिको संयोजकमा रविलाल शर्मा र सदस्यमा नवदत्त मरासिनी सर्वसम्मत चयन भएका छन् ।

संस्थाको साधारण सभा गत कार्तिक १६ गते देखि सुरु गरिएकोमा कोभिड १९ को महामारीका बीच सामाजिक दुरी कायम गर्दै सेनिटाइजरको प्रयोग गरेर प्रतिनिधि मुलक सदस्यलाई निम्ता गरी शनिबार निर्वाचित पदाधिकारीहरुको घोषणा गरी समापन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा १७ का अध्यक्ष तिर्थराज अधिकारीले इन्द्रेणी सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक क्रियाकलापमा सहजता ल्याउनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै वडावासीहरुलाई निकै राहत दिएको बताए । उनले पोखरा १७ मा धेरै सहकारीहरु रहेकोले आपसी छलफल गरि महानगरलाई सुझाव दिन आग्रह गरे । शेयर सदस्यहरुलाई कृषिमा आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याउन समेत आग्रह गर्दै एक ब्यक्ति एक कागती बिरुवा रोप्ने अभियान गरेमा वडा कार्यालयले बेर्ना निशुल्क उपलब्ध गराउने उनले बताए ।

संस्थाका संस्थापक अध्यक्ष लक्ष्मण बास्तोलाले संस्था स्थापना गर्ने बेलामा बिरौटा भन्दा तल कुनै पनि बित्तीय संस्था नभएको अवस्थामा सहकारीको दर्ता गरि अव्यवस्थित पैसालाई व्यवस्थित रुपमा परिचालन गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल पार्न ठुलो भूमिका खेलेको बताए ।

सो अबसरमा संस्थाका सल्लाहकार एवं नेकपा वडा नं. १७ का इन्चार्ज सुवास ढुंगाना, नेपाली काँग्रेसका वडा सभापति देबराज आचार्य, निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्यहरु हरिप्रसाद लम्साल र ऋषिराम वराल, सितल चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी लम्साललगायतले बोलेका थिए ।

अध्यक्ष सागर अधिकारीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै, संस्थाले आफ्नै भवन वनाउनको लागि जग्गा खरिद गरी बहुउद्धेश्यीय व्यापारीक भवनको सिलन्यास गरी सकेको, शेयर सदस्यलाई असाध्य रोग लागेमा उपचारको लागि ५० हजारसम्म आर्थिक सहयोग प्रदान गर्ने गरीएको र गण्डकी प्रदेश कै नमुना सहकारी बनाउने लक्ष लिएको जानकारी गराए ।

सहकारीका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष धर्मराज बरालले र संचालन सचिव डिल्लीराम शर्मा भुसालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।