अनधिकृत रुपमा गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्दै हुनुहुन्छ ?

- करिब २ हजार लिटर अनधिकृत स्यानिटाइजर नष्ट


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ।

विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले अनधिकृत रुपमा उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो ।

औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो।

यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ ।

औषधी व्यवस्था कार्यालयका अनुसार, अनधिकृत रुपमा गुणस्तरहिन स्यानिटाइजर अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजर समेत फिर्ता ल्याउने गरी मुद्दाको प्रक्रियालाई अघि बढाइनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।