पोखराबेंशी बहुउद्देश्यीय सहकारीको साधारण सभा


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




पोखरा, मंशिर ६ गते । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताएका छन । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिए । महानगरले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली ७५ र ७६ जारी गरेको समेत जानकारी दिए । सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गरे ।
नेपाल रेडक्रस कास्की शाखाका अध्यक्ष डोलराज पाण्डेले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए ।
अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताए । सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको बताए ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ८७ लाख ८० हजार शेयर पुजि रहेको छ । ५ करोड ८८ लाख ४७ लाख भन्दा बढी लगानि गरेको सहकारीमा हालसम्म ९६७ जना शेयर सदस्य रहेका छन ।
सहकारीले समाजिक उत्तरदायित्व अन्र्तरगत नेपाल रेडक्रस जिल्ला शाखा कास्कीलाई ५हजार ५सय ५५ रुपैया नगद र जनजाग्रति मावि १८ लाई केही थान मास्क सहित सेनिटाइजर सहयोग प्रदान गरेको थियो ।
सदस्य रिता नापितले सात सिद्धान्त वाचन गरि सुभारभ्भ गरिएको कार्यक्रममा उपाध्य दयाल गिरिले स्वागत मनतब्य राखेका थिए ।
अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिवसमान प्रधानङ, जनजाग्रति माविका प्रधानध्यापक हेम बहादुर थापा, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेल, पोखरा महानगर पालिका वडा न २ का अध्यक्ष रामेश्वर मल्ल, लेखा संयोजक प्रेमराज पहारी,ऋण समितिका संयोजक गजेन्द्र बहादुर भारी लगाएतका बक्ताहरुले छोटो अवधिमा नै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असल कर्मचारी लाई सम्मान गरिएको अध्यक्ष पहारीले बताए ।
सचिब कृष्णप्रसाद तिमिल्सीनाको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष राजु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।