बैंकको एटीएम मेसीन फोर्न खोज्ने पोखराबाट पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

पोखरामा बैंकको एटीएम फोर्न खोज्ने एक जना पक्राउ परेका छन्।

रुकुम स्थायी घर भई हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगर पक्राउ परेका हुन्।

शुक्रबार पोखराको न्यूरोडस्थित एनआइसी एशिया बैंकको एटीएम मेसीन फोर्न खोज्ने पुनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो। पक्राउ परेका पुनलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।