तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ट नेता हुन् । उनको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो। उनको देहावसान आजैका दिन २२ बर्ष अगाडि भएको हो।
उनी सन् १९३३ देखि राजनीतिमा सक्रिय भए। उनी नेपाली क्रान्तिको अविश्रान्त नेता थिए। भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा अमात्य पहिलो पटक ६ महिना जेल परेका थिए ।
२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता निर्वाचित भए । त्यो निर्वाचनमा पार्टीका संस्थापक महासचिव क। पुष्पलाललाई राजा, राणा र काङ्ग्रेसको भयङ्कर गठजोड र साम, दाम, दण्डभेदको नीति प्रयोग गरी जनकलाल श्रेष्ठले नेकपाका तर्फबाट काठमाडौ नगरपालिकाको चुनावमा जितेको निर्वाचन क्षेत्रमा समेत हराइयो।
डा.केशरजङ्ग रायमाझी दरबार छिरेपछि नेकपाले कारवाही गरी पार्टीबाट निष्कासन गर्यो । २०२१ सालतिर उनी नेकपाको महासचिव भए । यद्यपि डा। केशरजंगले २०२४ सालमा महाधिवेशन गरेको कुरा सम्प्रेषण गर्दै आफू महासचिव भएको घोषणा गरे। त्यतिबेला पुष्पलाल र तुलसीलाल एकीकृत थिए तर पुष्पलालले नौलो जनवादी कार्यक्रम बोके भने तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम बोकेर अलगअलग कम्युनिस्ट पार्टी चलाएपछि कम्युनिस्ट आन्दोलन झनै क्षतविक्षत भयो।
सन् १९४५ मा नेपाल मजदूर किसान सङ्गठनको निर्माण गरी संस्थापक अध्यक्ष, सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि ुनेकपा ९अमात्य०ुको गठन एवम् नेतृत्व सम्हाले। सन् १९७९ मा आम माफीपछि देश फर्किए ।
२०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको मानार्थ अध्यक्ष, नेकपा ९एमाले०को पाँचौँ अधिवेशनपछि वहाँ हाम्रो पार्टीमा समाहित भए। सन् १९३८ मा त्रिचन्द्र कलेजबाट स्नातक, सन् १९४३ मा भारतको लखनउबाट अर्थशास्त्रको स्नातकोत्तर गरेका अमात्य राजनीतिक जीवनक्रममा सन् १९४८ मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहेका उनी २०१० साल माघ १३(१७ सम्म गुप्त रुपले पाटनमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनबाट निर्बाचित मनमोहन अधिकारी महासचिव भएका १५ सदस्यीय कमिटीमा केन्द्रीय सदस्य निर्बाचित भएका थिए । सन् १९६० मा पञ्चायती शासनकालमा उनको सर्वस्वहरण गरियो।
सन् १९५० मा दिल्ली सम्झौताको विरोध गरे बापत उनी मोतिहारी जेलमा आठ महिना बन्दी समेत भए । क। तुलसीलालको २५ औं स्मृति दिवस उनीप्रति उच्च सम्मानपूर्वक हार्दिक श्रद्धाञ्जली ।
लेखक : नेकपा एमालेका जिल्लास्तरीय नेता हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार २३ गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भएका छन्…






