बम्पर उपहार बिजेता नारायणहरी तिवारीलाई विहीबार मोटरसाईकल हस्तान्तरण गरिएको छ । गत कात्तिक १ गते घटस्थापनाको दिन नयाँबजारस्थित बतास ब्रदर्शको टिभिएस शोरुमबाट रु दुई लाख ५० हजारको एन्ट्रोक रेस इडिसनको स्कुटर किन्दा लक्की ड्र मार्फत बम्परमा रु सात लाख ८० हजार मुल्य बराबरको आरआर ३१० मोटरसाइकल पुरस्कार जितेका उनलाई विहीबार एक कार्यक्रमका बीच मोटरसाईकल हस्तान्तरण गरिएको बतास ब्रदर्शका टिभिएस युनिटका बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजेता तिवारीलाई चावी हस्तान्तरण गरेका थिए ।
विजेता तिवारीले श्रीमतीका लागि टिभिएस एन्ट्रक स्कुटर किन्दा नसोचेको उपहार पाएको बताउँदै पहिलो पटक टेलिभिजनबाट विजेता भएको सुन्दा खुःशीको सीमा नरहेको उल्लेख गरे ।
टिभिएसका बिक्री प्रवन्धक पोखरेलले दशैँ तिहार उपहार योजना शुरु भएपछि पोखरा शोरुमबाट ६ हजारको संख्यामा स्कुटर तथा मोटरसाइकल बिक्री गर्न सफल भएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







