नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य चर्चित अन्र्तराष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसवुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सन्दीपले जानकारी दिएका छन् ।
बुधबारदेखि लक्षण देखिएपछि पिसीआर गर्दा रिपोर्ट पोजिटिभ आएको उनले उल्लेख गरेका छन् । लक्षण आएदेखि नै आफू होम आईसोलेसनमा रहेको भन्दै उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् ।
सन्दीपले आफू केहि समयपछि नै संक्रमण मुक्त भएर मैदानमा फर्किने बताएका छन् ।
ीिक्रकेटर लेग स्पिनर हुन् । उनले ईण्डियन प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, पाकिस्तानी प्रिमियर लिगलगायतका फ्रेञ्चाईज टि–२० प्रतियोगिता खेल्दै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






