कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले आर्थिक बर्ष २०७७÷७८ को स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत ३० वटा योजना छनौट गरेका छन् । छनौट गरिएका योजनाहरु अधिकारीले आईतबार पोखरामा पत्रकार भेटघाट गरि सार्वजनिक गरेका छन् । पत्रकार भेटघाटमा बोल्दै अधिकारिले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त हुने ४ करोडबाट ३० वटा योजना छनौट गरेको जानकारी दिए ।

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम योजना अन्तर्गत कृषि र पर्यटन केन्द्रीत योजना छनौट गरिएको बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड १९ का कारण सरकारले नै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको कार्यविधी परिवर्तन गरेर उत्पादन केन्द्रीत गर्न भनेकाले सोहि अनुसार योजना छनौट गरिएको उनले बताए ।

अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त ४ करोड मध्ये कास्की १ मा पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडाका लागि १ करोड ५५ लाख विनियोजन गरेका छन् । त्यस्तै मादी गाउँपालिकाका लागि १ करोड २५ लाख र रुपा गाउँपालिकाका लागि १ करोड २० लाख विनियोजन गरेका छन् ।
कास्की १ मा पोखरा महानगरका १०, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाहरु गरि १० वटा वडा पर्दछन् । जसमा १५ वटा योजना छनौट भएका छन् ।

मादी गाउँपालिकामा ९ वटा र रुपा गाउँपालिकामा ६ वटा योजना अधिकारीले छनौट गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







