नेपाल ओलम्पिक कमिटीअन्तर्गत वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ।
कमिशनका अध्यक्षमा ज्योति राणा पुनः दोस्रोपटक चयन भएकी छन्।
कमिशनका अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमाडोल्मा लामा र गीता श्रेष्ठ छन् ।
ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिशन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गरे।
सो अवसरमा अध्यक्ष राणाले कमिशनले महिला खेलाडीको हितमा आवाज उठाउने तथा महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने र छाउप्रथाबारे चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







