लिभरपुलसँग टोटनह्याम स्तब्ध


     एभरेस्ट आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित




ईंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुल बिजयी भएको छ । बिग म्याचमा लिभरपुलले टोटनह्यामलार्ई २–१ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।

उपाधि होडमा रहेका दुबै टोलीबीच बुधबार राती भिडन्त भएको थियो । भिडन्तमा लिभर भाग्यमानी ठहरियो ।

घरेलु मैदानमा लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा अग्रता बनाएको थियो । तर टोटनह्यामका स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरे । तर उनको गोल निर्णायक बन्न नसक्दा टोटनह्याम स्तब्ध भयो । खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १३ खेलबाट २८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको २५ अंक छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।