राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद १ वर्ष धकेलिने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले विहीबार पोखरामा आयोजना गरेको खेलाडी सम्मान तथा सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिडका कारण खेलाडी छनौट प्रभावित भएकाले प्रतियोगिता १ वर्ष पछि सार्ने तयारी गरेको बताएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण खेलाडी छनौट प्रक्रिया प्रभावित भयो,उनले भने,‘अब यो वर्ष प्रतियोगिता गर्न सम्भव छैन, अब २०७८ साल भित्र गर्छौं ।’
खेलाडी छनौटका लागि समय लाग्ने भन्दै उनले भने,‘स्थानिय तहबाट खेलाडी छनौट गर्न १ महिना समय लाग्छ, त्यस्तै जिल्ला र प्रदेश स्तरिय खेलाडी छनौट गर्नपनि १÷१ महिना समय लाग्छ, अनि राष्ट्रिय प्रतियोगिताको तयारीका लागिपनि १ महिना छुट्याउँदा समय नपुग्ने भो ।’
सदस्य सचिव सिलवालले खेलकुदले परिणाम ल्याउने हो भने खेलकुदमा राज्यले लगानी बढाउनुपर्ने बताए । संघले मात्र नभई प्रदेश र स्थानिय तहलेपनि खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाई छ । सिलवालले खेलकुदको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै अगाडि थपे,‘खेलकुदमा राजनीति हुनु हुँदैन, तर राजनीतिले खेलकुदलाई बुझ्नुपर्छ ।’ उनले कोभिडको असर खेलकुदको पूर्वाधार निर्माणमा परेकोसमेत बताए । जसका कारण कयौं निर्माणाधीन पूर्वाधारहरु अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







