फाइल तस्विर
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न साढे ४ बजेका लागि बोर्डको बैठक बोलाएको छ ।
बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । प्राविधिक समस्या आएको खण्डमा भोलिका लागि सर्नेछ ।
बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन शनिबार र आइतबार बिदा…






