कृषि

पोखरा १३ मा हुने तरबुजा मेलाको तयारी पुरा, गर्मी लागेसँगै माग बढ्दो

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए । उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५… पुरा पढौ

पोखरा ३ मा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण

पोखरा महानगरपालिका वडा नं ३ मा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाले कौसी खेती तथा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण गरेको छ । तालिममा १२१ जनाको सहभागि भएका थिए ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा भएको तालिममा कम्पनीका प्राविधिकहरूले प्राविधिक सहजीकरण गरेका छन् । तालिमका मुख्य सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अधिकृत मदन कँडेलले सहरी तथा अर्ध(सहरी क्षेत्रमा कौसी खेतीको व्यावसायिक र घरायसी महत्त्वबारे प्रकाश पारे । उनले आधुनिक प्रविधि, कम्पोस्ट मलको सही प्रयोग, रोगव्याधि नियन्त्रण र सीमित ठाउँमा बढीभन्दा बढी… पुरा पढौ

पोखरामा जेठ ५ गते तरबुजा मेला हुने,करिब पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती फस्टाउँदो

पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड… पुरा पढौ

सातै प्रदेशमा कृषि गणना गरिँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो । गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा कृषि क्षेत्रको… पुरा पढौ

बजारमा केराको मुल्य आकासिंदा पनि किसानले उचित मूल्य पाएनन्

नवलपरासी बर्दघाट सुस्ता पूर्वमा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि केराखेती सुरु गरेका उनले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन् । “हाल केरा बेच्दा प्रतिकोसा रु पाँच÷छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र… पुरा पढौ

कफी नर्सरी तथा रोपणसम्बन्धी प्राविधिक तालिम सम्पन्न

पोखरामा कफि खेतीमा संलग्न कृषकलाई प्राविधिक तालिम दिईएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले कफि खेतीको व्यवसायिक उत्पादनलाई लक्षित गरी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन र कफी रोपणसम्बन्धी दुईदिने प्राविधिक तालिम दिएको हो । तालिम समापन गर्दै कृषि व्यवसाय प्रवद्र्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, पोखराका प्रमुख बासुदेव काफ्लेले नेपालमा कफी खेतीको उच्च सम्भावना रहेको उल्लेख गर्दै युवा पुस्तालाई यस क्षेत्रतर्फ आकर्षित भई स्वदेशमै रोजगारी सिर्जना गर्दै उद्यमशीलतामा अघि बढ्न आग्रह गरे । बोर्डका… पुरा पढौ

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो । शनिवार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा… पुरा पढौ

आलु महोत्सवको तयारी पूरा, नगर प्रमुख आचार्यले उद्घाटन गर्ने

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ ।उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा… पुरा पढौ

१४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र

यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको निष्कर्ष निकालेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष वसन्तकुमार… पुरा पढौ

देशका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार

देशभरका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५२ जिल्लाका २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा मात्रै आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ । सो व्यवसायमा करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएको तथ्याङ्क छ । एशोसिएशनका अनुसार पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात… पुरा पढौ