नेकपा एमालेको सचिवालय बैठक जारी छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठक लम्बिएका कारण साढे ४ बजे मात्रै सुरु भएको हो ।
बैठकमा तीन वटा प्रतिवेदनलाई मिलाएर कार्यदलका नेताहरूले तयार पारेको एउटै साझा प्रतिवेदन पेश गरिएको स्रोतले जनाएको छ । यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए । सचिव पद्मा अर्यालले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पेश गरेको जानकारी दिदैं, बाँकी निर्णय सचिवालयले गर्ने पनि बताइन् ।सचिव अर्यालले नेतृत्व पुनर्गठनको विषय दस्ताबेजमा नआउने स्पष्ट पारिन् । त्यस्तै, अर्का सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरे ।
उनले प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति अनुसार प्रतिवेदन तयार भएको दाबी गरेका हुन् । उनले अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने र अध्यक्षको आलोचना कहीँ कतै नगर्ने सहमति भएको बताए । सचिव बस्नेतले राष्ट्रिय परिषद बैठक बोलाउने निर्णय कार्यदलले गरेको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






