‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् ।
गायनतर्फ छनोट हुनेमा प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुबेदी, रमण खान, अञ्जल बी.क. मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी छन् । त्यस्तै नृत्यतर्फ प्रशंसा सापकोटा, तृप्ति गुरुङ, जेनिशा परियार, स्मृति गुरुङ, नोरा गुरुङ, सहारा रानाभाट, सुमिना कुमाल, गौमाया गुरुङ, जमुना गुरुङ, आयुषा घोताने, प्रनिशा लामिछाने, मनिका नेपाली, सिम्रन थापा, बिपाशा सुनार, आरुशी पुन, सबिना तामाङ, अञ्जना नेपाली, विनायक कुमाल, दित्या अधिकारी, पबिना पुन मगर, स्मृति सुबेदी र रसिका भण्डारी छन्। छनोट भएका ४४ प्रतिभा अर्को चरणका लागि छनोट भएसँगै ‘कास्की आइडल–२’ को प्रतिस्पर्धा थप रोचक बनेको छ । आयोजकले सार्वजनिक गरेको विवरणअनुसार अर्को राउन्ड असोज १० गते हुनेछ । आगामी चरणमा प्रतियोगीहरूले आफ्नो प्रतिभालाई अझ निखार्दै निर्णायक तथा दर्शकको मन जित्ने प्रयास गर्नेछन् ।
प्रमुख अतिथिका रूपमा पृथ्वीनारायण क्याम्पसको नेपाली शिक्षा विभागका पूर्वप्रमुख तथा नेपाली गीतमा विद्यावारिधि गरेका प्राध्यापक डा. बाबुराम अधिकारीको उपस्थिति थियो । कास्की आइडल सिजन–२ का संयोजक तथा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुस्मिता बास्तोला र साँझ क्रियसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






