अर्थ

सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने

ढोरपाटन । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ । उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताए । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उनको भनाइ छ । सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान… पुरा पढौ

डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान

म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए। “ आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको… पुरा पढौ

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु

दमौली । तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल… पुरा पढौ

दूध बिक्री गरेर आत्मनिर्भर बन्दै म्याग्दीका किसान

म्याग्दी । बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसि पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनको छ । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् । ‘‘ गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले… पुरा पढौ

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए । पोख्रेलले भने, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा… पुरा पढौ

सङ्घीय सरकारको बजेटमा खरखरे भिरमा पहिरो रोकथामको पहल गरिँदै

लमजुङ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो । हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्नेमा हालसम्म दुई सय २० मिटर ढलान, सडकको तलमाथि एक सय मिटर ग्याभिन जाली राखिएको योजनाका सूचना अधिकारी एवं इञ्जिनियर किरण… पुरा पढौ

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताए । लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग मानिएको तर नीति तथा… पुरा पढौ

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, टिमुर उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ । नीति तथा कार्यक्रमअनुसार तुलनात्मक लाभ र उच्च मूल्य हुने अलैँची, तुलसीपत्र, अदुवा, बेसार, चिया, कफी, मह, छाला, पस्मिनाजस्ता निर्यातयोग्य वस्तुको उत्पादन… पुरा पढौ

बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा सचेतना

जेठ ३० पोखरा । विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरिएको छ । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ । ‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो । सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकाय… पुरा पढौ

सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताहरुको सहकार्यको प्रशंसा गरे… पुरा पढौ