अर्थ

रेवान पोखराको निःशुल्क स्वास्थ्य शिविर पोखरा-२३ ठूलाखेतमा, ७ सय ५० जना लाभान्वित

भदौ १४,पोखरा रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गरेका छन् । शिविरमा प्रसुती तथा स्त्री रोगि, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका… पुरा पढौ

तीज मनाउन दिदी बहिनी समुहले छुट्याएको रकम, बाढी प्रभावितलाई सहयोग

बुद्ध विशालबजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरुको दिदीबहिनी समूहले तीज पर्वका लागि छुट्याएको रकम रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई सहयोग गरेका छन् । दिदीबहिनी समूहले देश नै शोकमा परेको अवस्थालाई मध्यनजर गरी यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको र५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा पर्व मनाउने… पुरा पढौ

सबैलाई समेटेर संघलाई अघि बढाउने अध्यक्षका प्रत्यासी बुद्धाचार्यको प्रतिबद्धता

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए।पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको… पुरा पढौ

सहारा क्लबको ‘समर हाइकिङबाट ६ लाख बचत, बाढी प्रभावितलाई ५० हजार सहयोग

पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गरेको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने भएको छ ।गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल)देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ । क्लबले शनिबार पोखरामा हाइकिङको आय–व्यय… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा यस वर्ष पनि पोखरामा पाल्पाको लाखे नाच देखाइने

पोखरा, १३ भदौ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते आइतबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि नाच देखाउने तयारी छ ।पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा पूर्व निर्धारित उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । दीपकको… पुरा पढौ

तनहुँमा लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर दुई करोड दुई लाख ८३ हजार एक सय चार रुपैयाँ बक्यौता रकम असुल गरेको छ । गत आर्थिक बर्षमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए । केन्द्रले आर्थिक वर्ष २०८१र८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात… पुरा पढौ

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना प्रहरी नियन्त्रणमा, ९२ लाख पनि बरामद

रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ फोड्ने २९ जना पक्राउ परेका छन् । बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो । पुरा पढौ

भोटेकोशी बाढी पीडितका लागि गण्डकी सरकारले ४ करोड सहयोग गर्ने

सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार र राहतका लागि ४ करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक अपील जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम प्रदान गर्ने निर्णय भएको जनाएका हुन् । मुख्यमन्त्री पाण्डेको अपीलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि नेपाल जेसीजको १० लाख सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि जेसीजले “एक सदस्य, एक सय अभियान–२०२६” नै संचालन गरी संकलन गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद् प्रभावित नागरिकको साथमा सर्दव उभिने प्रतिबद्धता व्यक्त गर्दै सो संस्थाले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरेको पनि स्पष्ट पारेको छ । कोषमा रकम जम्मा गरेपछि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले विपद्को यस कठिन… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकी प्रदेश सरकारको चार करोड सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ । आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । ‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित… पुरा पढौ