अर्थ

पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा

पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल पोखरामा व्यवसाय सञ्चालन गर्दै आएका युवा सुदर्शन पौडेल र सञ्जु बराल पौडेलले करिब २५ लाख रुपैयाँको लागतमा राम मन्दिर नजिकै सो व्यवसायिक घर संचालनमा ल्याएका हुन्। पोखरा ट्रेड मलमा समेत व्यवसाय सञ्चालन गरेका पौडेलले केही समय विदेशमा रोजगारी गरेर पोखरा फर्किए लगत्तै फरक किसिमको व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिए। उनले युवा पुस्ताले पनि धर्म र संस्कृतिसँग सम्बन्धित भएर धार्मिक जागरणसँगसँगै व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफुले… पुरा पढौ

बराह मन्दिर परिसरमा सहकारीद्वारा प्रवेशद्वार हस्तान्तरण

पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा बेगनास तालस्थित बराह मन्दिर परिसरमा प्रवेशद्वार (गेट) हस्तान्तरण गरेको छ। सोही अवसरमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो।कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष सुरेन्द्र सापकोटा भाटले ६८ जना सदस्यले प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन गरेर स्थापना गरेको सहकारी अहिले करिब सात करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले… पुरा पढौ

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघद्वारा डिएसपी पासवानको स्वागतसहित सम्मान

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका नयाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानलाई स्वागत तथा सम्मान गरेको छ। विगत १४ वर्षदेखि कास्की जिल्लाका सुनचाँदी व्यवसायीहरूको हकहित र सुरक्षाका लागि क्रियाशील यस संघले नवागन्तुक डिएसपी पासवानलाई एक शनिबार पोखरामा विशेष समारोहका बीच स्वागत गरेको हो। प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक पासवानले सुनचाँदी व्यवसाय क्षेत्रमा रहेका विशिष्ट सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न कास्की प्रहरी तयारी अवस्थामा रहेको बताए ।… पुरा पढौ

बर्डफ्लु सङ्क्रमण: बढ्दै एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु एच(फाइभ एन(वान सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा… पुरा पढौ

गण्डकीमा हालसम्म २४.८६ प्रतिशत धान रोपाई सम्पन्न

पोखरा, असार १२ गण्डकी प्रदेशमा हालसम्म करीब २५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा असार १२ गते शुक्रबार सम्ममा गण्डकीका ११ जिल्लामध्ये ९ जिल्लामा २४.८६ प्रतिशत धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा करीब ३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यहि समयमा २८.६२ प्रतिशत रोपाईं भएको थियो । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा… पुरा पढौ

पोखरा फाइनान्समाथिको कारबाही राष्ट्र बैंकद्वारा फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त कारबाही फुकुवा गरिएको जानकारी दिएको हो । उक्त फाइनान्सको पुँजीकोषमा सुधार आउने देखिएपछि राष्ट्र बैंकको यही असार १० गतेको निर्णयानुसार, समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागु हुने गरी पोखरा फाइनान्समाथिको कारबाही फुकुवा गरिएको हो । यसअघि, पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण र आर्थिक वर्ष २०८१,८२ को पहिलो त्रैमासको विवरणका आधारमा… पुरा पढौ

पोखरामा निट्कोको दोस्रो नेपाली शोरुम, ४.५ करोड लगानी

१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज अधिकारीसहितको समूहले पोखरामा भारतीय टायल्स तथा मार्बल ब्रान्ड निट्कोको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–५ स्थित जिरो किलोमिटर नजिक पोखरा–बाग्लुङ राजमार्गमा सञ्चालनमा आएको उक्त शोरुम करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो। शोरुम सञ्चालनमा ल्याउने संस्था ओमलक्ष्मी ट्रेडिङका सञ्चालक मनोज अधिकारीका अनुसार आफूहरू विगत ११ वर्षदेखि निर्माण सामग्री व्यवसायमा आबद्ध रहेका छन्। अधिकारीसँगै एकनारायण सुबेदी र डिल्लीराम पौडेलको साझेदारीमा सञ्चालित ओमलक्ष्मी ट्रेडिङले निट्कोको आधिकारिक… पुरा पढौ

पोखरा महोत्सव पोखरा ३० देउरालीखोला किनारमा : तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यहि असार १४ गते हुने भएको हो । पोखरा–३० देउराली खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा पर्यटन परिषदले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सव यसअघिका वर्षहरुमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना गरिने गरिएको थियो… पुरा पढौ

करिब ११ लाख विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।आर्थिक वर्ष २०८१÷८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६… पुरा पढौ

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार… पुरा पढौ