लेखनाथ । पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सक्नुभएको छैन । ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भने, “अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट…
पुरा पढौ