अर्थ

नेपाल बैंक लिमिटेडको उर्दीप्रति पोखरा मल व्यवसायीको आपत्ती

पोखरा, १३ असार । नेपाल बैंक लिमिटेडले जारी गरेको उर्दीप्रति पोखरा मल व्यवसायी समितिले आपत्ती जनाएको छ । बैंकले पोखरा मलको कोरोनाकालको सटर भाडा बक्यौता रहेको भन्दै एक पत्रिकामा व्यवसायीक कम्पनी र सञ्चालकको नाम सार्वजनिक गरेपछि समितिले आपत्ती जनाएको हो । बैंकले गत १० गते राष्ट्रिय पत्रिकामा बक्यौता रकमसहित पोखरा मलका ४३ व्यवसायीको नाम र कम्पनीको सार्वजनिक गरेको थियो । तर उक्त रकम द्विपक्षीय सहमति विपरित रहेको पोखरा मल व्यवसायी संघका अध्यक्ष निरविक्रम धुजु श्रेष्ठले बताए ।श्रेष्ठले पछिल्लो समयको भाडा… पुरा पढौ

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलबव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा… पुरा पढौ

तनहुँका स्थानीय तहको प्राथमिकतामा पर्यटन क्षेत्र

तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले अग्लो झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनदेखि जलपर्यटनसम्मका योजना अगाडि सारेको छ । आँबुखैरेनी–१ समस्तीपुरमा खुदीखोलामाथि नेपालकै अग्लोमध्येको झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाले आगामी आवका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । समुन्द्र सतहबाट दुई सय ७०… पुरा पढौ

भदौसम्म नदी तथा खानीजन्य पदार्थको उत्खनन् कार्य रोक्न जिससको निर्देशन

पोखरा । जिल्ला समन्वय समिति कास्कीले भदौसम्म नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्ने कार्य कडाईका साथ पालना गर्न निर्देशन दिएको छ । कास्कीका विभिन्न खोला तथा नदीहरुबाट अवैध रुपमा नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्ने कार्य नरोकिएपछि जिसस कास्कीको सोमबार बसेको बैठकले त्यस्ता कार्य गर्न रोक्न निर्देशन दिएको हो । नदीजन्य पदार्थ उत्खनन सम्बन्धि संघीय मापदण्ड पहिलो संसोधन–२०७९ को दफा ४ को १६ नम्बर बुँदा बमोजिम असारदेखि भदौ मसान्तसम्म सबै किसिमको उत्खनन गर्न पाईंदैन । तर पोखराको फेवाताल सिल्टेसन ड्याम,… पुरा पढौ

बागलुङमा प्रशस्त खानी छन्, तर सरकारबाट उत्खननको योजना छैन

ढोरपाटन । बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन् । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन हुनसकेका छैनन् । धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेको स्थानीयले दाबी गर्दै आएका छन् । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदी भने स्थिर

सुनको भाउ आज घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने

गल्याङ । रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो । नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ र मनाङ जोड्ने यो छोटो बाटो हो । पुरानो पुल २०२८ सालमा निर्माण भएको हो । हाल सञ्चालनमा रहेको उक्त पुल जीर्ण बनेपछि सरोकारवालाले नयाँ पुल बनाउन माग गर्दै आएका थिए । पुल महाशाखाले ‘आर्च थु्र’ डिजाइनको मोटरेबल… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताए । भू–उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ… पुरा पढौ

यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर आय तथा व्ययको अनुमान पेश गरिएको र सोहीअनुरुपका योजना तथा कार्यक्रम बजेटमा राखिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थमन्त्रालय शीर्षकको वार्षिक बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले विद्यमान कानूनी व्यवस्था तथा आर्थिक अनुशासनको पूर्णपालना र मुलुकको आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर बजेट ल्याइएको बताएका हुन् “समग्र अर्थतन्त्रलाई गति दिनका लागि अर्थ मन्त्रालयले भिजनका साथ यथार्थको… पुरा पढौ

पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट आज पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि रु सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइन् । पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको थियो । चालु आवको बजेट रु आठ अर्ब, ९९ करोड दुई लाख २९ हजार रहेकामा असार ८ गतेसम्म रु तीन अर्ब ८५ करोड ५५ लाख… पुरा पढौ