प्रवास

आँधीका कारण भियतनाममा २६ जना बेपत्ता

कार्तिक १२ एजेन्सी । भियतनाममा आँधीका कारण कम्तीमा २ जनाको मृत्यु भएको छ । प्रति घण्टा १५० किलोमिटरको गतिमा रहेको आँधीका कारण २६ जना हराइरहेको जनाइएको छ । मोलाभे नाम दिइएको आँधी २० वर्षपछि आएको शक्तिशाली आँधी भएको बताइएको छ । उद्धार टोलीले हराइरहेका २६ जनाको खोजी गरिरहेको जनाइएका अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् । पुरा पढौ

भारतको ‘नाग एन्टी टयांक गाइडेड मिसाइल’को सफल परीक्षण

भारतले बिहीवार बिहान राजस्थानको पोखरणमा ‘नाग एन्टी ट्यांक गाइडेड मिसाइल’को सफल परीक्षण गरेको समाचार छ । मिसाइलको वारहेड परीक्षण गरिएको जनाइएको छ । रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले बनाएको यस मिसाइलको परीक्षण बिहान ७ बजे गरिएको हो। नाग क्षेप्यास्त्र पूर्णतया भारतमै निर्माण गरिएको हो। डीआरडीओले यसका विभिन्न परीक्षणहरू गर्दै आएको छ। यस क्षेप्यास्त्रमा अचुक निशाना लगाउने क्षमता छ र शत्रुको ट्यांकलाई यसले ध्वस्त पार्न सक्ने जनाइएको छ। निकै हलुका तौल रहेको यो मिसाइल मध्यम र छोटो दूरीको क्षेप्यास्त्र… पुरा पढौ