प्रवास

स्वयंसेवीे हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गर्नु हुदै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ ।अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिए । निर्णयहरू अझै… पुरा पढौ

रूसी आक्रमणका कारण युक्रेनको आधाभन्दा बढी भागमा विद्युत् आपूर्ति बन्द

रूसी फौजले सोमबार भयानक आक्रमण गरेपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाइराख्न त्यसलाई आपतकालीन रुपमा बन्द गर्न लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनले युक्रेनका थुप्रै क्षेत्र आक्रमणबाट प्रभावित भएको र स्थानीय निकायहरुले आगामी केही दिनसम्म युक्रेनको करिब आधा भागमा विद्युत् आपूर्ति नहुने चेतावनी दिएको जानकारी दिएका छन्। युक्रेनमा सोमबार भएको आक्रमणमा ४ जना मानिसले ज्यान गुमाएको संचारमाध्यमहरुले लेखेको छ। अधिकारीहरुका अनुसार रातभर दक्षिणी सहर जापोरिझझिया नजिकका संवेदनशील पूर्वाधारमा रूसी फौजले थप क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसैगरी, मंगलबार रूसको… पुरा पढौ

कोलम्बिया पहिरो : ३३ जना पुरिए

कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने ९ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जनाको अवस्था गंभीर छ। यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रुवाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत ३ जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्रा.डा.ले बताएका छन्। पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाई र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो। राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको… पुरा पढौ

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’: गभर्नर

एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिएका छन् । कुर्स्क एयरफिल्डको क्षेत्रमा ड्रोन आक्रमणको परिणामस्वरूप एउटा तेल भण्डारण ट्याङ्कीमा आगो लागेको तर कुनै हताहत नभएको गभर्नर रोमन स्टारोवोइटले समाजिक सञ्जालमा जानकारी दिए । रासस पुरा पढौ

बंगलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

बंगलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ। प्रदूषणका कारण श्वास–प्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा संक्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। ‘ब्रेथिङ हेभी: न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बंगलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ। प्रदूषणका कारण ५ वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वास–प्रश्वासको अवस्था जस्ता अन्य रोग भएका व्यक्तिहरू सबैभन्दा… पुरा पढौ

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो। यहाँको प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याक्युम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ। यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो। उक्त विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर… पुरा पढौ

आइसीसी विश्वकप लिग–२: नेपाल स्कटल्यान्डसँग पराजित

नेपाल नामिबियामा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भयो। नेपालले दिएको १३८ रनको विजय लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा १४३ रन जोड्दै पूरा गर्‍यो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४३ रन बनाए। ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए। बलिङमा नेपालका सागर ढकाल,… पुरा पढौ

बम प्रहारमा तीनको मृत्यु

भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् । उनको घरमा नै बम विस्फोट गराइएको थियो । भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ । सो विस्फोटमा परेर उनी बाहेक अरु दुई जनाको पनि ज्यान… पुरा पढौ

मलेसियामा मन्त्रिपरिषद् विस्तार

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए। युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा… पुरा पढौ

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो ४(५० बजे आगलागी भएको थियो । उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो । पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको उपचार जारी छ । जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ । रासस पुरा पढौ