प्रवास

दिल्लीका ग्याङ नाइके ‘रविन हुड’ पक्राउ

दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् । अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ । तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् । ‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ । २७ वर्षिय… पुरा पढौ

बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा

सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो । न्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन । बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा… पुरा पढौ

अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी चौधको मृत्यु

काबुल । अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ । आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ । मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ… पुरा पढौ

भारतमा सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको… पुरा पढौ

कोरोनाबाट फिलिपिन्समा एकै दिन उन्पचास जनाको मृत्यु

फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो ।… पुरा पढौ

भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ… पुरा पढौ

विश्वकप ट्रफी सगरमाथा आधार शिविर लगिदैँ

आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको ट्रफी टुर अहिले जारी छ । यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा लगिने जनाइएको छ । मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा लगिने जनाइएको छ । ३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइ पुग्नेछ । नेपालमा दुई दिन राखिने ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो । क्यानले जनाएअनुसार १५ भदौमा ट्रफीलाई आधार शिविर लगिनेछ । उनले ट्रफीलाई… पुरा पढौ

नेपाली क्रिकेट टोली आज केन्या जाँदै

पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) केन्या प्रस्थान गर्दैछ । नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका… पुरा पढौ

३० घण्टा लामो कारबाहीपछि सोमाली सेनाद्धारा होटल आक्रमणको अन्त्य, २० मारिए

सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा बन्दुकधारीहरूले आक्रमण गरेको एक घातक हमलाको अन्त्य भएको छ । आइतबार त्यहाँका अधिकारीहरूले हमलाको अन्त्य गरेका हुन् । ३० घण्टाभन्दा लामो समय चलेको सेनाको कारबाहीमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । अन्य धेरै घाइते भएको सोमाली अधिकारीहरूले बताएका छन् । मोगादिसुको हयात होटलमा शुक्रबार साँझ (स्थानीय समय) ठुलो विस्फोटबाट आक्रमण सुरु भएको थियो । प्रहरीले आक्रमण कसरी भयो भन्ने विस्तृत विवरण खुलाएको छैन । कति बन्दुकधारी होटलमा प्रवेश गरेका थिए भन्ने खुल्न नसकेको अन्तर्राष्ट्रिय… पुरा पढौ

सिंगापुरमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता

सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।यसको अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ । समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित छ । तर, अधिकांश जनताले औपनिवेशकालको धारा ३७७ ए कानुनको अन्त्य गर्नुपर्ने दबाब दिँदै आएका थिए । भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी)को अधिकारबारे सम्बोधन गर्ने… पुरा पढौ