प्रवास

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

नेपाल र बंगलादेशबीच आज (मंगलबार) मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल बेलुका साढे ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ। नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन्। खेलअघि हिँजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका छन्। यसअघि, कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए। तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन्। किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन्। एन्फाले आजको खेलमा समान्यतर्फ ५… पुरा पढौ

फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ । टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताउनु भएको छ । उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका… पुरा पढौ

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए ।“आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,“ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिए । उहाँले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार… पुरा पढौ

फेडेररले लिए, खेल जीवनबाट सन्यास

टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्। लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर १ फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १ हजार ७ सय ५० औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्। सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५ सय समर्थकमाझ फेडेररले… पुरा पढौ

आज परमाणु हतियार निर्मूल दिवस

आज सेप्टेम्बर २६ तारिक अर्थात परमाणु हतियार निर्मूल दिवस। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६ सेप्टेम्बरको दिनलाई अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो। घोषणासँगै सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरेको हो। सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्र संघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ। परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै… पुरा पढौ

“शारिरीक स्वस्थता संगै मानसिक स्वस्थताको पनि ख्याल गरौं” – सरु लम्साल

लामो समयको अन्तरालपछि केही बिषयवस्तुमा लेख्न मन लाग्यो । हुन त आम सन्चार पत्रकारितामा स्नाकोत्तर गरेको अनुभव भएपनि धेरै वर्ष कलम नचलाएकोले पनि होला ,यो लेख लेखिरहँदा अवस्य पनि त्रुटी हुन सक्छ त्यसैले माफ गरिदिनु होला ।करिब ८ वर्षको जापान बसाईमा कति बिषयवस्तुमा कलम चलाउने मन हुँदा हुँदैपनि समय व्यस्तताले नजर अन्दाज गर्नुपर्यो । कतिपय बिषय वस्तुमा लेख्न मन हुँदाहुँदै पनि बाध्यताले लेख्न सकिएन । अब बिस्तारै लेख्न नसकेका कुरा पनि समय मिलाएर अवस्य लेख्नेछु , तर आज मैले लेख्न… पुरा पढौ

आप्रवासी डुङ्गा दुर्घटनाः त्रिपन्न जनाको मृत्यु

बेरुत । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका थिए । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।रासस पुरा पढौ

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

भेन्टियान । लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ । लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ… पुरा पढौ

आप्रवासी चढेको डुङ्गा डुब्दा सिरियामा चौँतीसको मृत्यु

दमासकस । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन… पुरा पढौ

पाकिस्तानमा बाढी पहिरोका कारण थप बीसको मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् । पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ । बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ… पुरा पढौ