प्रवास

९१ वर्षीय मिडिया टाइकुन मर्डोकले पारपाचुके गर्दै

मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेर्री हलले सम्बन्ध विच्छेद गर्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। ९१ वर्षीय मर्डोकको जीवनमा पत्नीसँगको यो चौथो पारपाचुके हो। ६५ वर्षिया हल यसअघि लामो समयसम्म चर्चित सांगीतिक समूह रोलिङ स्टोन्सका फ्रन्टम्यान मिक ज्यागरकी पार्टनर थिइन्। सन् २०१६ मा बेलायतको राजधानी लन्डनको मध्यभागमा रहेको एउटा चर्चमा विवाह बन्धनमा बाँधिएका मर्डोक र हलका प्रतिनिधिहरूले पारपाचुकेका सम्बन्धमा कुनै टिप्पणी गरिसकेका छैनन्। दि न्युयोर्क टाइम्सका अनुसार यस परिवार निकटका व्यक्तिहरू उनीहरूको सम्बन्ध विच्छेदको कुराबाट आश्चर्यचकित बनेका छन्।… पुरा पढौ

अठार हजारभन्दा बढी चिनियाँ प्रहरीको फन्दामा

लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनमा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो । यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागू औषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागू पदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ ।लागू औषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागू औषधसम्बन्धी अपराध पर्दाफार भएका छन् भने पाँच… पुरा पढौ

‘मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’

विश्व स्वास्थ्य सञ्जाल डब्ल्युएचएनले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन… पुरा पढौ

अफगानिस्तानमा भूकम्पमा परी मर्नेको संख्या १ हजार पुग्यो

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या १ हजार पुगेको छ। अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको छ । भूकम्पका कारण पूर्वी प्रान्तमा पहिरो आइरहेको छ। भूकम्पले माटोका घरहरू ध्वस्त भएका छन्। उद्धारकर्ताहरूले घाइतेहरूलाई आपतकालीन उपचार गरिरहेका तस्बीरहरू बाहिरिएका छन्। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ६ दशमलव १ रिक्टर स्केलको यस भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो। २ दशकपछि अफगानिस्तानमा आएको यो सबैभन्दा भयावह भूकम्प हो। दक्षिणपूर्वी खोस्ट सहरदेखि करिब ४४ किलोमिटर टाढा यसको केन्द्रविन्दु… पुरा पढौ

एसीसी महिला टी–२० च्याम्पियनसीप: नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

एसीसी महिला टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ। युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। युएईले ४ खेलमा ७ अंक जोड्यो। मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो। नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। नेपालले ४ खेलमा ६ अंक जोडेको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित… पुरा पढौ

भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१९ प्रतिशत हो । पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ । कोरोना भाइरस निको भएको… पुरा पढौ

माली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन । उनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गरेका हुन । अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्ति प्रकाशन गरेका छन । उनका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको हो । क्षेत्रमा यसै हप्तामा करिब १०० जनाको हत्या भएको बताइएको छ । सो क्षेत्रका एक सय जनाको ज्यान… पुरा पढौ

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ । नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर… पुरा पढौ

भूकम्पमा परि कम्तीमा २८० जनाको मृत्यु

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तिमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।… पुरा पढौ

टेक्सस गोलीकाण्डसम्बन्धी पहिलो तस्बीर सार्वजनिक

गत महिना अमेरिकाको टेक्ससस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डसम्बन्धी एउटा करिडोरमा सशस्त्र प्रहरी पर्खिरहेका अवस्थाका पहिलो तस्बीरहरू सार्वजनिक भएका छन। उक्त घटनामा शिक्षक र विद्यार्थी गरी २१ जनाको ज्यान गएको थियो। आक्रमणको खबर पाउनसाथ प्रहरी समयमै यसअघि पहिला बताइए भन्दा बढी हातहतियारले सुसज्जित भएर घटनास्थलमा आइपुगेको अमेरिकी संचारमाध्यमले जनाएका छन्। ती तस्बीरमा प्रहरीले राइफल र दंगामा प्रयोग हुने ढाल समाएर बसेका देखिन्छन्। प्रहरीलाई सो आक्रमणका बेला समयमै हस्तक्षेप गर्न नसकेको आरोप लगाइँदै आएको छ। अष्टिन अममेरिकन–स्टेट्सम्यान र केभीयुई टेलिभिजनले बाहिर ल्याएको… पुरा पढौ