प्रवास

भाजपा नेता मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण

नयाँ दिल्ली । भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणका लागि उपस्थित हुँदा प्रधानमन्त्री मोदीले सेतो चुरीदार कुर्ता र निलो ‘हाफ ज्याकेट’ लगाएका थिए । शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री… पुरा पढौ

लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा एनडिए अगाडी

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ। त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८ सिटमा अगाडि रहेका छन्। काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४ सिटमा, द्रविड़… पुरा पढौ

सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने

विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात सङ्घ (आईएटीए) ले सोमबार जनाएको छ । आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरुले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ ।आईएटीएका महानिर्देशक विली वाल्शले दुबईमा उक्त संस्थाको वार्षिक साधारण सभामा भने, “अपेक्षित लाभ ‘हालको गहिरो महामारी घाटा’लाई ध्यानमा राख्दै एक ठूलो उपलब्धि हो ।” “व्यक्ति र अर्थव्यवस्थाको महत्वाकांक्षा र… पुरा पढौ

जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महशुस

जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धीे जनाएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन । जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो… पुरा पढौ

भारतमा हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु

देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताए । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ। सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको… पुरा पढौ

फेवातालमा डुङ्गा चलाउँदै गर्दा हावाहुरीमा परेकी विदेशी नागरिकको उद्धार

पोखरा, जेठ १७ पोखराको फेवातालमा डुङ्गा चलाउँदै गर्दा हावाहुरीमा परेका एक विदेशी नागरिकको उद्धार गरिएको छ । फेवातालमा डुङ्गा चलाउने क्रममा विहीबार अपराह्न ४ः२० बजेतिर अचानक हावाहुरी चलेका कारण फेवातालको बिच भागमै अलपत्र परेकी अष्ट्रियाका नागरिक २७ वर्षिय लाउरालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो । डुङ्गा भाडामा लिएर पोखरा–१८ रातमाटे डाँडा नजिकै एक्लै बोटिङ गरिरहेकी विदेशी नागरिक लाउरा हावाहुरी चलेपछि बिचल्लीमा परेका थिए । स्थानियले टाढाबाट देखेर डुङ्गा पल्टिन लागेको भनेर खबर गरेपछि गएको प्रहरी र सशस्त्र प्रहरीको कालिका गणबाट… पुरा पढौ

न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड) को तथ्याङ्कले देखाएको छ । न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताए । न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि… पुरा पढौ

बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन । “आज बिहान मैले संसद विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उनले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भने । नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ… पुरा पढौ

क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै

बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले… पुरा पढौ

गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्गलादेशी सांसद्को खोजी सुरू

गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ । बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । कोलकाताको बिधाननगरमा बस्दै आएका उनी निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवारलाई बिधाननगरका साथीले उनी दिल्लीतर्फ… पुरा पढौ