क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित




बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ ।

नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए ।

सङघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् ।

न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले स्वदेश फिर्ता लागि विदेश मामिला तथा व्यापार विभागमा दर्ता गरेका थिए । पहिलो उडानबाट करिब २०० भन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।