
पोखरा, जेठ १७
पोखराको फेवातालमा डुङ्गा चलाउँदै गर्दा हावाहुरीमा परेका एक विदेशी नागरिकको उद्धार गरिएको छ । फेवातालमा डुङ्गा चलाउने क्रममा विहीबार अपराह्न ४ः२० बजेतिर अचानक हावाहुरी चलेका कारण फेवातालको बिच भागमै अलपत्र परेकी अष्ट्रियाका नागरिक २७ वर्षिय लाउरालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

डुङ्गा भाडामा लिएर पोखरा–१८ रातमाटे डाँडा नजिकै एक्लै बोटिङ गरिरहेकी विदेशी नागरिक लाउरा हावाहुरी चलेपछि बिचल्लीमा परेका थिए । स्थानियले टाढाबाट देखेर डुङ्गा पल्टिन लागेको भनेर खबर गरेपछि गएको प्रहरी र सशस्त्र प्रहरीको कालिका गणबाट गएको टोलीले उनलाई संयुक्त रुपमा उद्धार गरेको कास्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
उद्धार गरिएकी लाउराको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।