समाचार

नवौं राष्ट्रिय खेलकुद : जुडोमा आर्मी टिम च्याम्पीयन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ । नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : उसुमा सेनालाई १२, सशस्त्रलाई ९ स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ । प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने निरीह… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफलाई स्वर्ण

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ । वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन । ७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि… पुरा पढौ

राष्ट्रिय खेलकुदले अधुरो खैलमैदानलाई पूर्णता दिने चुनौती थप्यो

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ । असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट विछ्याइएको भूइँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो । खेल अवलोकनका लागि अपेक्षा भन्दा बढी दर्शक आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बर्ताए । खेलमैदानको बीचमा दुई वटा भलिबल कोर्ट बनाइएको थियो । बेनी नगरपालिकाले… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५०… पुरा पढौ

प्रधानमन्त्री देउवा पोखरामा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आएका छन । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन । यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।रासस पुरा पढौ

स्क्वासमा गण्डकी र वागमतीलाई २\२ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त ग¥यो । टिम ईभेन्टर्फको… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा… पुरा पढौ

खेतबारीमा हालिदैन प्राङ्गारिक मल, भकारी अट्ने फल्दैन अन्न

गलेश्वर । यस वर्षको ४२औँ विश्व खाद्य दिवस ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् १९७९ नोभेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घको बीसौँ साधारणसभाले विश्व खाद्य सङ्गठनको स्थापना भएको दिनमा मनाउन सुरु गरिएको विश्व खाद्य दिवस नेपालमा समेत मनाउन थालेको चार दशक नाघेको छ । यस बीचमा खाना र खेतीपाती जोगाउन विश्वमा धेरै पहल भएका छन् । प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनःजीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : खोखो प्रतियोगिता पुरुषमा आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले स्वर्ण पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल… पुरा पढौ