समाचार

गाउँमा भिडियो एक्सरे सेवा

बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य ईकाइमा अल्ट्रासाउण्ड (भिडियो एक्सरे मेशिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी बेलायत तथा बेलायतमा बस्ने नेपालीले संकलन गरेको सहयोगले बेलायतमै खरिद गरिएको अल्ट्रासाउण्ड मेशिन धम्जा सामुदायिक स्वास्थ्य इकाइलाई सहयोग गरिएको हो । गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सरे मेशिन धम्जा सामुदायिक स्वास्थ्य ईकाइलाई सहयोग स्वरूप प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिइन् । दुर्गम गाउँमा… पुरा पढौ

पोखरामा आज सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला

पोखरामा आज (शुक्रबार) सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला हुँदैछ। भेलामा गठबन्धन दलका नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताएका छन्। पोखरा सभागृहको हलमा शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछ कार्यक्रम रहेको शर्माले बताए। बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो। प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा आइसकेको शर्माले जानकारी दिए। प्रचण्ड… पुरा पढौ

एउटा निर्वाचन सक्न साढे ३ मिनेट

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो। निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गरेका थिए। पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो। वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ… पुरा पढौ

देशको अस्तित्व जोगाउन एमालेलाई मत: एमाले उम्मेदवार कार्की

आगामी मंसीर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले देशको अस्तित्व रक्षाको लागि एमालेलाई मत दिन मतदातालाई आग्रह गरेका छन्। पोखरा वडा न ७ मा एमाले निर्वाचन परिचालन कमिटिको कार्यालयको विहिवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको जगेर्ना र देश विकास एमालेले मात्रै गर्न सक्ने कुरा विगतका सरकारहरूलाई मात्रै हेर्दा पनि प्रमाणित भैसकेको हुँदा आम जनतालाई आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे। कार्कीले देशको स्वाभिमान… पुरा पढौ

नेकपा एमाले प्रदेश ३ ‘ख’ को चुनावी परिचालन सम्पर्क कार्यालय मालेपाटनमा स्थापना

पोखरा–५ मालेपाटनमा नेकपा एमाले, कास्की निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को चुनाव परिचालन सम्पर्क कार्यालय खोलिएको छ। नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, क्षेत्र नम्बर ३, प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी, प्रदेश सभा ३ ‘ख’ उम्मेदवार राजीव पहारी, समानुपातिक उम्मेदवार लालकाजी गुरुङलगायतले बिहीबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस पटकको निर्वाचनमा कास्कीका संपूर्ण उम्मेदवारहरुलाई विजयी गराउन एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए। सो अवसरमा कास्की… पुरा पढौ

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन… पुरा पढौ

‘किसान तथा मजदुरको पाटी एमाले’ : एमाले उम्मेदवार गुरूङ

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : खोखो प्रतियोगिता पुरुषमा आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल… पुरा पढौ

नवौं खेलकुदमा आर्मीको जित, च्याम्पियन बन्दै उचाल्यो टिम ट्रफी

पोखरा । विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिय पुरा गरेको हो । आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई सडनडेथमा ६–५ ले हराउँदै एपीएफलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउँ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् ।एपीएफका लागि… पुरा पढौ