समाचार

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन् । प्रथम हुने बोहोरालाई रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन् । उनीहरुलाई रु तीन हजार र रु दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले… पुरा पढौ

यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’

गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाइम कार्ड लागु गरिएको जानकारी… पुरा पढौ

मनास्लुमा फेरि हिमपहिरो, १ बेपत्ता, ३ को उद्धार

मनास्लु हिमपहिरोमा परी १ जना नेपाली नागरिक बेपत्ता भएका छन्। सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा हिँजो (आइतबार) दिउसो साँढे ३ बजेतिर गएको हिमपहिरोमा परी बेपत्ता भएका हुन्। हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान खुलेको छैन। दोस्रो शिविरबाट आधार शिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका ४ जना हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एअरको हेलिकोप्टरबाट खोजी गरिएको जनाइएको छ। अरु ३ जना सकुशल भेटिएका छन्। पुरा पढौ

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनपछि फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन आग्रह गरिएको हो ।जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका सात सय ९५ हतियार रहेका छन्। तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको संख्या… पुरा पढौ

तनहुँमा निर्वाचनको तयारी शुरु

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरु भएको छ । निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरु गरिएको हो । निर्वाचनको तयारीस्वरुप तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा कार्यालय… पुरा पढौ

गास, बास र कपासका लागि संघर्षरत एक्लो जीवन

उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो । आइतबार फूलपातीको दिन सबै नेपालीमा दशैंको चहलपहल शुरु भएको छ तर उनलाई न कुनै वर्ष दशैं न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ । टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा… पुरा पढौ

फेवातालका डुंगा व्यवसायी व्यस्त

वर्षायाम सकिएसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुंगा चालकहरू पनि आय–आर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको संख्या बढेको डुंगा चालक चिजमान गुरुङले बताए । पोखरा आएका पाहुना फेवाताल पुगेर डुंगा शयर गर्ने उनको भनाई थियो । यसरी फेवातालमा… पुरा पढौ

आज दसैं नवरात्रको महाअष्टमी, महागौरी देवीको पूजा गरिदैं

आज आस्विन शुक्ल अष्टमी तिथि। आजको दिनलाई दसैं नवरात्रको महाअष्टमी तिथि पनि भनिन्छ। आजको दिन ९ दुर्गामध्ये महागौरी देवीको पूजा–आराधना गरिदैंछ। नवरात्रको आठौं दिन आज (सोमबार) दसैं घर तथा िपूजा कोठामा ९ दुर्गामध्ये आठौं देवी महागौरी भगवती दुर्गाको पूजा–आराधना गरिदैंछ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुपहरु छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ। महागौरी ९ दुर्गामध्येकी आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी… पुरा पढौ

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो

काठमाण्डौं । गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उनले बताए । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिए ।… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखद्वारा विजयादशमीको शुभकामना

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमीले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने बताएका छन् । विजयादशी–२०७९ का अवसरमा आज शुभकामना सन्देश मार्फतउनले यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । घटस्थापनदेखि नवमीसम्म माता नवदुर्गाको पूजासहित विशेष अर्चना र आराधना गरिने विजयादशमीलाई असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रूपमा मनाई पर्व विशेष महत्वको चाड भएको शुभकामना सन्देशमा उल्लेख छ । हाम्रो… पुरा पढौ