मनास्लु हिमपहिरोमा परी १ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा हिँजो (आइतबार) दिउसो साँढे ३ बजेतिर गएको हिमपहिरोमा परी बेपत्ता भएका हुन्।
हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पूरै पहिचान खुलेको छैन। दोस्रो शिविरबाट आधार शिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका ४ जना हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परी हराएका शेर्पाको साँझ अबेरसम्म सिम्रिक एअरको हेलिकोप्टरबाट खोजी गरिएको जनाइएको छ। अरु ३ जना सकुशल भेटिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






